नियम ७५
शैक्षिक योग्यता सम्बन्धी विशेष व्यवस्था
(१) निजामती सेवामा कुनै सेवा वा समूह गठन भएको अवस्थामा त्यस्तो सेवा वा समूहमा सेवा प्रवेशका निमित्त जुनसुकै विषयको शैक्षिक योग्यता निर्धारण गरिए तापनि सो सेवा वा समूह गठन हुनु भन्दा अगाडिदेखि बहाल रही नयाँ सेवा वा समूहमा समूहिकृत भएका निजामती कर्मचारीहरुको हकमा निजहरु सेवा प्रवेश गर्दा निजहरुले हासिल गरेको
तत्कालिन सेवा, समूहस“ग सम्बन्धित विषयको न्यूनतम शैक्षिक योग्यतालाई बढुवा प्रयोजनको लागि गणना गरिनेछ ।
(२) सेवा प्रवेश गर्दा कुनै पदमा तोकिएको न्यूनतम शैक्षिक योग्यतामा पछि परिवर्तन गरिएको भए पनि निजको हकमा निज
सेवा प्रवेश गर्दा तोकिएको शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मान्नु पर्नेछ ।